तपाईको मोबाईल ह्याक त भएको छैन ? यस्ता संकेतहरूबाट थाहा पाइन्छ

Posted on: 05 Feb, 2020

एजेन्सी | आजको विश्व सुचना र प्रविधिमा अडेको छ भन्दा फरक नपर्ला | प्राय धेरै मानिसले स्मार्ट फोनको प्रयोग गर्छन | जुन उपकारणमा महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्ता महत्वपूर्ण जानकारी राखिएका हुन्छन |

निजि प्रयोजनका लागि प्रयोगकर्ताले चाहेको समयमा हेर्न सक्छन | तर कहिले काँही ह्याक हुन्छ | जसमा प्रयोगकर्ताको जानकारी लिग हुन्छ | यसबारे मानिसलाई थाहा हुन्छ | मोबाइल ह्याक भएको र नभएको संकेतहरु देखिन्छन् | 

यस्ता संकेत देखिन्छन मोबाइल ह्याक भएमा:

१,अज्ञात एसएमएस :प्राय फोन ह्याक भएपछि प्रयोगकर्तालाई नचिनेको नयाँ नम्बरबाट मेसेज आउने गर्छ वा प्रयोगकर्ताको फोनबाट सथिहरु , परिवारको सदस्यलाई आफै मेसेज जान्छ । यस्तो परिस्थितिमा मोबाइल ह्याक भएको थाहा हुन्छ । यसबाट बच्नको लागि बिर्सेर पनि त्यसमा दिइएको लिंकलाई खोलेर हेर्न हुन्न र उक्त मेसेजलाई तुरुन्त डिलिट गर्नुपर्छ । यसले फोन ह्याक हुन पाउदैन ।

२.फोनको ब्याट्री छिटै सकिन्छ : यदी स्मार्टफोनको ब्याट्री धरै दिन देखि छिटै सकिन थालेको छ भने मोबाइलमा भाइरस वा जासुसी गर्ने स्पाई एप इन्स्टल भएको हुन सक्छ। यो एप्स मोबाइलमा भएको रिसोर्सेजको मध्यमबाट महत्वपूर्ण सूचना आफ्नो सर्भर सम्म लैजान्छ जसको कारण ब्याट्रीमा असर पर्न जान्छ |

३.स्मार्टफोनको स्पीड:भाइरस वा मेलिसियस एपको कारण स्मार्टफोनको स्पीड कम हुँदै जान्छ । यस्तो एप्सले प्रयोगकर्ताको उपकारणको क्षमता र सूचना प्रभावित गर्दछ । उपकरणलाई ह्याक हुनबाट जोगाउन समय(समयमा अपरेटिङ्ग सिस्टम अपडेट गर्नु पर्छ । यस्तो गर्दा ह्याकर्स फोनलाई ह्याक गर्न पाउदैनन् ।

४.स्मार्टफोन धेरै तातो हुनु:कहिलेकहिँ फोन धेरै चलाउदा मोबाइल तातो हुने गर्छ । अमेरिकामा विशेषज्ञहरुले फोनको ब्याकग्राउण्डमा भाइरस युक्त एप्स चलाउदा फोन ज्यादै तातो हुने बताउछन् । यस्तो एप्स लगातार काम गरिरहन्छ र प्रयोगकर्ताको डाटा आफ्नो सर्भरमा ट्रान्सफर गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!