रियलमीले ल्यायो नयाँ स्मार्ट फोन, यस्ता छन् फिचर्स र मूल्य

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा नयाँ फोन ल्याएको छ | रियलमी–७ र रियलमी–७आई दुई वटा स्मार्टफोन नेपाली बजारमा ल्याएको हो |

५ हजार एमएएच ब्याट्री क्षमता रहेको छ उक्त मोबाइलको ३० वाटको फास्ट चार्जिङ सुविधा रहेको छ भने ६४ मेगापिक्सलको वाइड एंगल क्यामरा रहेको छ |

रियलमीले यी दुवै फोनमा सोनीको लेन्स प्रयोग गरेको बताएको छ | 

यसमा ६.५ इन्च एपएचडी प्लस अल्ट्रा स्मुथ डिस्प्ले छ। त्यस्तै, यसमा दुइटा नानो सिमकार्ड र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ। स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर छ। 

फोनमा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरज भएकाले ग्राहकले धेरै फाइल अटाउन सक्छन्। मेमोरी कार्डबाट २५६ जिबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ |

मोडल

रङ

मूल्य (रूपैयाँ)

स्टोरेज

रियलमी

 

मिस्ट ह्वाइट

३५,९९०

 

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज

मिस्ट ब्लु

रियलमी७ आइ

अरोरा ग्रीन

२९,९९०

पोलार ब्लु

यस बिषयमा तपाइको प्रतिक्रिया...!