बाली उपचार शिविर सम्पन्न

Posted on: 07 Feb, 2016

प्रकाश धौलाकोटी/ माघ २४, तेह्रथुम । किसानहरुले लगाएको बालीमा भएका समस्यालाई समाधन गर्ने उदेश्यले तेह्रथुमको शुक्रबारेमा भएको बाली उपचार शिविरमा ६५ जना कृषकहरुले लाभ लिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सन्चालन गरेको शिविरमा छथर क्षेत्रका सुदाप, ओख्रे, हमरजुङ, फाक्चामारा, पन्चकन्या र आङ्दिमका ६५ कृषकहरुले सेवा लिएको कृषि सेवा केन्द्र शुक्रबारेका प्राविधिक सहायक रोमा ठकुरीले बताउनुभयो । शिविरमा किसानले लगाएका अलैची, सुन्तला, बन्दा, काउली, लिची, गोलभेडा लगायतका बालीमा देखिएका रोगलाई पहिचान गरी औषधी बितरण गरिएको हो ।

शिबिरमा जिल्ला कृषि बिकास कार्यलयका प्राबिधिक सहायक रामदेब सिंह, रामचन्द्र राम र कृषि सेवा केन्द्र सुक्रबारेका प्रमुख डेकेन्द्र प्रसाद यादबले सहजीकरण गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!