२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गर्न सकिन्छ, बँदेल मारेर खाने नीति ल्याउनुपर्छ’- आरजु राणा

२०८०, १७ भाद्र आईतवार १०:३५

भदौ १७, काठमाडौँ | कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छिन् । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् । 

सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोजी गर्नुपर्ने बताएकी हुन् । 

उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’ 

सभापति राणाले अगाडि भनिन– ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’

उनले विदेशमा शिकार गर्ने समय तय गरेको हुने तर नेपालमा भने त्यस्तो व्यवस्था नभएकोले वन्यजन्तुको व्यवस्थापन राम्रो हुन नसकेको बताइन् । सांसद दिक्पाल शाहीले बँदेलले एकपटकमा १२ वटा सम्म बच्चा पाउने गरेको बताउँदै बँदेलको संख्या बढेका कारण किसानको बाली नष्ट गर्ने गरेको बताए ।

उनले बाँदर र बँदेलले नष्ट गरेको अन्नबालीको किसानलाई राहत दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउँदै आफ्नो जिल्लामा किसान भोकमरीमा पर्ने अवस्थामा रहेको बताए । अष्ट्रेलियामा खरायो र श्रीलंकामा बाँदर नियन्त्रण गरेको शैलीमा नेपालमा पनि बाँदर बँदेल नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ