५ फाल्गुन २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

८ मंसिर २०८०, शुक्रबार ११:१२

मङ्सिर ८, पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो ।

कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार  रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए । उनका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ ।


हालैमात्र कार्यविधि कार्यान्वयनमा आएकाले यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताए । ‘यस वर्षका लागि दाबी आएपछि धान उठाएर घर लगिएको भए घरैमा गएर नाप्ने व्यवस्था कार्यविधिमा गरेका छौँ’, उनले भने, ‘अर्को वर्षदेखि खलामै धान नापिन्छ ।’ कृषकले जसको जमिनमा भए पनि धान फलाए हुने व्यवस्था गाउँपालिकाले गरेको उनको भनाइ थियो ।

‘जग्गा जसको भए पनि एकै परिवारले फलाएको प्रमाणित हुनुपर्‍यो’, तुम्रोकले भने । गाउँपालिकाले विशेषतः आर्थिकरुपले विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जनाएको छ । उनका अनुसार अधियाँ, कुत आदिमा धान फलाउने कृषकले आफू र जग्गा धनीका लागि छुट्याउनुपर्ने धान ५० मुरीभन्दा बढी फलाए पनि पुरस्कार प्राप्त गर्न सक्नेछन् । ‘अधियाँ गरे पनि, कुतियाँ गरे पनि सबै जोड्दा ५० मुरी फलेको देखियो भने उत्पादन गर्ने कृषकले पुरस्कार पाउँछन् । जग्गा धनीले होइन’, प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले भने ।

अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकालेसमेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखले बोल्न समय नदिएपछि आक्रोशित बन्दै सदन छाडेर हिँडिन् सुमना किशोरीमाथि सामूहिक बलात्कार, न्याय खोज्दा पञ्चायतले उल्टै धम्की दिएपछि किशोरीद्वारा आत्महत्या! कुम्भ मेला स्नानबाट फर्किंदै गरेका नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु चोरीको तिलहरी बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, उनकै २ साथी पक्राउ लेबनानमा आक्रमणमा परेका नेपाली उपरथी ढकाल डिस्चार्ज अर्थमन्त्री पौडेल ‘डिस्चार्ज’, मेयर आचार्य केही दिन अस्पतालमै रहने हत्या गरी घरभित्रै खाँबोमा बाँधिएको अवस्थामा महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी आज तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि सभाको बैठक आज बस्दै विश्वकै चौथो प्रदूषित सहरमा काठमाडौं ! प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै महिला च्याम्पियनसिप आजदेखि सुरू:नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै दिल्लीमा बिहानै गयो भूकम्प, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम: तराईमा हल्का हुस्सु लागेको, पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने ठमेलमा नाबालिकालाई यौन व्यवसायमा लगाउने स्पाकी सञ्चालक पक्राउ सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि … तोसिमाको सांसद पद रहने/नरहने फैसला मिति फेरि सर्‍यो