राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनः मत गणना गर्न माग

Posted on: 02 Jul, 2017

नरी बडु/असार १८, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी लख्खाभाईले मत परिणाम अस्वीकार गरेका छन् । 

शुक्रबार राती साढे एक बजे घोषणा भएको नतिजा अनुसार लख्खाभाई कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए । तर मत गणनामा धाँधली भएको भन्दै राप्रपा बैतडीले मतपरिणाम अस्वीकार गर्दै पुनः मतगणना गर्न माग गरेका छ । 

आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राप्रपाले मतगणनाको समयमा बक्ति निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरु निरन्तर मतगणनास्थलमा आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरुको सहीछाप विना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उम्मेदवार जोशीको गुनासो छ ।

यस्तै मतगणना स्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरेको उनको आरोप छ । ‘मैले ६२ मतले हारेको आधिकारीक जानकारी मलाई भएको छैन र एकतर्फीरुपमा मत परिणाम घोषणा गरियो ।’ उम्मेदवार लख्खाभाईले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!