बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

Posted on: 23 Nov, 2022

मङ्सिर ७, बैतडी । बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो । 


मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गर्नुभयो । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्त गर्नुभयो । कुल ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएको थियो । बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!