नेपालगञ्जमा खाद्य मेला हुने

Posted on: 01 Dec, 2018

मङ्सिर १५, राँझा | पश्चिम नेपालमा पाइने खाद्य वस्तुको प्रचारप्रसार गर्न नेपालगञ्जमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २८ देखि पुस १ गतेसम्म सो मेला हुनेछ । 

स्थानीय रामलीला मैदानमा हुने उक्त मेलाबाट पश्चिम नेपालमा पाइने पोषिला खाद्य वस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न सहयोग पुग्ने कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठले बताउनुभयो । मेलामा परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्य वस्तुको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ । खाद्य मेलामा किनमेल तथा अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!