झ्यालबाट पसेर युवतीलाई खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

Posted on: 14 Apr, 2024

वैशाख २,  नेपालगञ्ज । झ्यालबाट छिरेर कोठामा गई युवतीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चैत्र २९ गते विहान ४:४० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको १९ वर्षीया अनिता बस्नेतको कोठामा झ्यालको जाली काटेरभित्र पसेका अस्फाग कुरेसीले ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको बाँके प्रहरीले बताएको छ।

कुरेसीको आक्रमणबाट अनिताको टाउको, गर्धन, निधारमा चोट लागेको छ। अनितालाई आक्रमणपछि फरार रहेका कुरेसीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले घटनाको अनुसन्धान भइरहेको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!