भविष्य मात्रै होइन ज्यानै लिने विद्यालय

Posted on: 14 Dec, 2016

राजु विक

१. एक दिनको घटना 

आज एक जना बालकले विद्यालय जानुपर्छ भन्दै आत्महत्याको प्रयास ग¥यो रे । 

म शिक्षक र बाबु दुवै हुनुका नाताले अति चिन्तित र दुःखी बनेँ ।

मेरो मनमा धेरै कुरा खेले । मैले सोचेँ(“यो बालकको मनमा अति गहिरो घाउ छ । मैले यसको घाउमा मलमपट्टी लगाउनु पर्छ ।”

युग धेरै अगाडि अति द्रुत गतिमा चलिरहेको छ । त्यो छ(सात वर्षको बच्चाले गरेको प्रयास शायद अठार वर्षदेखि अति वृद्धावस्थाका मानिसहरुले गर्छन् होला । 

वास्तवमा बालकको मर्म बालकले अति राम्रोसँग बुझेको हुँदो रहेछ । त्यो खबर पाएका साथीले खेल्ने क्रममा उसलाई वरिपरि घेरेर सम्झाएको दृश्य अति मर्मस्पर्शी थियो । 

“मरेपछि आइन्न काले ।      मरेपछि कालीमा मसान घाटमा लगेर फालेर आउँछन् । त्यहाँ एक्लै भइन्छ ।             रातिरातिमा भूूत आउँछ । डराउन दिन्छ अनि खान्छस् । पानी पर्दा काली बढेर त्यस्तो डरलाग्दो हुन्छ अनि कहाँ जान्छस् । त्यहाँ तेरा कोही पनि हुँदैनन्, भोक लाग्दा के खान्छस् । अवदेखि त्यस्तो नगर है ।”

कति पूर्ण थियो है उनीहरुको परामर्श । त्यसैले होला उक्त बालकले मौन स्वीकृति दिइरहेको थियो । टाउको हल्लाइरहेको थियो । 

ती बालबालिकाको अगाडि मैले केही थप्नुपर्ने मानिन । म शिक्षक हुनुका नाताले उसलाई सम्झाउन थालेँ( “छोरा ! तिमीलाई पढ्न मन लाग्दैन भने नपढ । स्कुल पनि जान मन लाग्दैन भने नजाऊ । तर अव आइन्दा यस्तो काम नगर       है ।”

मेरो कुरा उनका साथीहरुलाई मन परेनछ । उनीहरु मुखामुख गर्न थाले र मुसुमुुसु हाँस्न थाले । मैले मायाले उसको कपाल मुसारेँ । गाला थपथपाएर सहानुभूति दिने प्रयास गरेँ । 

यो घटनाले मलाई अति चिन्तित     तुल्यायो । 

२. सबै बालबालिका विद्यालय जानु परेकाले मर्न खोजे भने भोलिको संसार कस्तो होला ? 

बालकको पहिलो पाठशाला आमाको काख र उसको घरपरिवार हो । पहिलो गुरु आमाबाबु र उसको घरपरिवार नै हो । दोस्रो पाठशाला ऊ रहेको वातावरण, छरछिमेक र साथीसखा नै हुन् । तेस्रो पाठशाला औपचारिक विद्यालय हो । 

औपचारिक विद्यालयमा बालबालिकालाई पढिदैन । औपचारिक विद्यालयमा सरकारी नीति र पद्धति पढिन्छ पढाइन्छ । यी विद्यालयमा बालबालिकाको योजना बन्दैन । जहाँ एक शैक्षिक सत्रका लागि माथिको निर्देशन पालना गर्ने गरी योजना बन्छन् । समयमै कागजात मिलाउने र बुझाउने गरी योजना बन्छन् र चुस्तदुरुस्त कार्यान्वयन गरिन्छन् । 

केही योजना अनिवार्य बन्ने गर्छन् । विद्यालयको वार्षिक कार्यतालिका, विद्यालयको रुटिन, शिक्षकको वार्षिक कार्ययोजना, दैनिक पाठयोजना त कुन्नि आदि आदि । शिक्षण सुधार तालिम त अनिवार्य र सघन रुपमा चल्दै आएको पाइन्छ । शिक्षण सुधार योजना अनिवार्यरुपमा भित्तामा टाँस्ने चलन पनि छ । यी सबैले विद्यालयमा          जानुपरेकोले आत्महत्या गर्न लागेको बालकको विषयमा कहिल्यै सोचेको देखिदैन । 

३. हाम्रा बालबालिकालाई विद्यालय किन मन पर्दैन ?

हाम्रा बालबालिकालाई विद्यालय किन मन पर्दैन ? हाम्रा बालबालिकालाई पढ्ने काम किन  जटिल लाग्छ ? हाम्रा बालबालिका विद्यालय जान किन मान्दैनन् ?  हाम्रा बालबालिकाले बाबुआमा र शिक्षकलाई किन मित्रकको रुपमा हेर्दैनन् ? 

उल्लेखित प्रश्नको उत्तर हामीले कहिल्यै खोजेका छौँ ? 

खोजेका छैनौँ त्यसैले हामी दोषी छौँ । बालबालिकाको जीवनमा आउने हरेक दुर्घटनाको प्रमुख कारक हामी बाबुआमा र शिक्षक नै बनेका छौँ । त्यसैले हामी दोषी छौँ । यी सम्पूर्ण दुर्घटनाको    जिम्मेबारी हामीले नै लिनु पर्छ ।

कतै हामी बाबुआमा र शिक्षक हाम्रा बालबालिकाको लागि कसाई त बनेका छैनौँ ? कतै हाम्रो घरपरिवार, छरछिमेक र विद्यालय बालबालिकाको लागि बदशाला त बनिरहेका  छैनन् ? मेरा यी दुई प्रश्न तपाईँहरुलाई स्वीकार्न गाह्रै पर्ला । तर वास्तवमा यो कुरा सत्य हो । मर्नभन्दा बाँच्न धेरै गाह्रो छ । त्यसमा पनि मरीमरी बाँच्न झनै गाह्रो छ । हामीले जानेर या नजानेर हाम्रा बालबालिकालाई मरीमरी बाँच्न बाध्य पारिरहेका छौँ । 

नरिसाउनुृहोस है !यसको मतलव यो हो कि हामी र हाम्रो घरपरिवार र विद्यालय बालमैत्री बन्न सकिरहेका छैनन् । 

४.२.१ बालबालिकाको लागि विद्यालय कस्तो हुनु पर्ला ?

विद्यालय पूर्ण समाजको प्रतिनिधिमूलक नमुना हो । विद्यालय विशाल संयुक्त पारिवारिक नमुना हो । घरपरिवार र समाजमा बालबालिकाले जे प्राप्त गर्दछ त्यो बालबालिकाले विद्यालयमा पनि पर्याप्त र पूर्ण रुपमा प्राप्त गर्न सक्नु पर्छ । विद्यालयका हरेक सदस्यसँग पारिवारिक आत्मीय सम्बन्ध बन्न सकेन भनेँ विद्यालयमा सिक्न र बन्न आएका बालबालिकालाई विद्यालय बिरानो मुलुक बन्न पुग्छ । 

हरेक मौसमका फलफुलहरु फरक(फरक हुन्छन् । हरेक मौसम र भूगोलमा    फरक(फरक वनस्पतीको विकास हुन्छ  त्यसैले भन्ने गरिन्छ कि मौसम अनुसारको फलफुल लगाउनु  पर्छ । मौसम अनुसारको बाजा बजाउन नजान्ने मानिस असफल मानिस हो । कतै हामी असफल मानिसभित्र त पर्दैनौँ ? सोच्ने बेला आएको छ । 

हाम्रो पृथ्वी विश्वविद्यालय हो । तर यसका पनि दायरा छन् । माथि भनिएजस्तै भूगोल र मौसम अनुसार यसले फरक(फरक सिर्जना गर्न सक्छ । 

विद्यालय यस्तो स्थल हो जो पृथ्वीभन्दा कयौँ गुणा विशााल छ । यसअर्थमा कि पृथ्वीले फरक(फरक मौसम र भूगोलका लागि फरक(फरक वनस्पती र फलफुल दिन सक्छ । फरक(फरक जीवनको सिर्जना गर्न सक्छ । तर विद्यालय यस्तो पृथ्वी हो जहाँ सबै प्रकारका मौसम र भूगोलका वनस्पती र फलफुल भनौँ जीवनको सिर्जना गर्नुपर्ने हुन्छ । एउटै मौसम र परिवेशमा, एउटै स्थलमा, एउटै समयमा फरक(फरक व्यक्तित्वका बालबालिकाको अन्तरनिहीत क्षमताको प्रस्फुटन गर्नुपर्ने बाध्यता भनौँ या अवसर यसैको नमुना होइन र ?

४.२.२ विद्यालयलाई बालमैत्री बनाउन कसरी सकिएला त ?

२ विद्यालय भौतिक वस्तु हुनु हुँदैन । विद्यालयमा बालबालिकाको भावनात्मक सम्बन्ध कायम हुनुपर्छ । 

२ शिक्षक, साथीहरु, प्रशासन, कर्मचारी, व्यवस्थापक, अभिभावक लगायत विद्यालयसँग सम्बद्ध हरेक सदस्यसँग पारिवारिक, मायाप्रेम, सहयोग र   सहानुभूतिपूर्ण सम्बन्ध कायम गर्न    सक्नुपर्छ । 

२ विद्यालयमा स्वीकार र प्रेमको वातावरण तयार गरौँ । विद्यार्थी(विद्यार्थीबिच कुनैपनि भेदभावपूर्ण व्यवहार नगरौँ । समग्र विद्यालयका वस्तु र सदस्यहरुको बिचमा यस्तो सम्बन्ध कायम गर्ने वातावरण तयार गरौँ जसले सबैलाई एउटै आत्मा र शरीरमा बाँध्न र सूत्रबद्ध गर्न  सकियोस् । 

२ हस्तक्षेप बिहीन विद्यालयको निर्माण गरौँ । आज भोलि हाम्रा विद्यालयमा                राजनैतिक हस्तक्षेप बढी हुन थालेको छ । विद्यालयाई                                         

२ राजनैतिक अखडा बनाउने, शक्ति सञ्चय गर्ने र प्रदर्शन गर्ने केन्द्रको रुपमा हेर्न थाले जस्तो देखिन्छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गर्दा यसको यथार्थ झल्को पाउन सकिन्छ । वास्तवमा यो गलत प्रवृत्ति हो । विद्यालयमा राजनिती गर्नु पर्छ तर त्यो राजनिती दल र गुटमा विभाजन भएको राजनिती होइन एकतामा केन्द्रित राजनिती गर्नु पर्छ । विद्यालयको राजनिती विद्यालयको शैक्षिक गुणस्तर निर्माणको लागि, विद्यालयको भौतिक साधन र सुविधा विकासका लागि, बालबालिकाको सिकाइमा मनोवैज्ञानिक वातावरण निर्माणका लागि केन्द्रित हुनु पर्छ । 

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरौँ । युद्ध र द्वन्द्वको प्रभावबाट बालबालिका र विद्यालयलाई मुक्त राखौँ । विद्यालय हाता नजिकै होहल्ला हुने कुनै पनि गतिविधि सञ्चालन नगरौँ । विद्यालयलाई कलकारखाना र सहरीकरणको होहल्लाबाट मुक्त राखौँ । 

२ विद्यालयको भौतिक वातावरण बालबालिका अनुकूल र पूर्ण प्राकृतिक  बनाऔँ । कृतिम वातावरणको तुलनामा बालबालिकाहरुले प्राकृतिक वातावरण बढी मन पराउँछन् । 

२ धेरै जसो सरकारी विद्यालय अजकिलो ठाउँमा निर्माण गरेको पाइन्छ । यसको मतलव सरकारी विद्यालयहरु जङ्गलको आडमा, वस्ती देखि टाढा, कसैलाई काम नलाग्ने जग्गा जस्तै भिरपहराको आडमा, खोला नदीनालाको खतरा रहने किनारा वा ठाउँमा, तप्केनीको कारण खेतीपाती नहुने आदि ठाउँमा निर्माण गरेको पाइन्छ । हामीलाई हाम्रो घर बनाउन राम्रो र सुरक्षित ठाउँ चाहिन्छ  । हामीलाई खेती गर्नका लागि पारिलो र उर्वर भूमि चाहिन्छ । त्यसो भनेँ बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालका लागि उत्तम भूमि चाहिने कि नचाहिने ?

२बालबालिकाको सक्रिय समय विद्यालयमा नै वित्ने गर्छ । त्यसैले हामीहरु बालबालिका अनुकूलको विद्यालयीय भौतिक र मनोवैज्ञानिक वातावरण निर्माणमा सचेत अवश्य हुनु पर्छ ।

लेखक शिक्षण पेशमा आवद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!