जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउँछु: ऊर्जामन्त्री

Posted on: 19 Nov, 2016

मङ्सिर ४, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । 

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताए । 

उनले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताए । 

चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उनले उल्लेख गरे । 

उनले अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताए । 

“विद्युत् अभाव भन्दा पनि उपलब्ध विद्युत्को व्यवस्थापन नहुँदा लामो समय लोडसेडिङ खेप्नुपरेको छ”, उनले भने । फरक प्रशङ्गमा मन्त्री शर्माले संविधान संशोधनका लागि आन्दोलनरत दल र प्रतिपक्षीसँग छलफल भइरहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!