३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

३० लाख भाडा छुट गर्दै चितवन मावि

२२ असार २०७७, सोमबार ०२:३५

असार २२, चितवन | यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा रु ३० लाख छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा रु २० लाख उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ । 

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक रु तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उहाँको भनाइ छ । विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ । 

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ । यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी