४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कुष्ठरोगीलाई अझै समाजको डर

१६ माघ २०७८, आईतवार ०९:५१

माघ १६, चितवन | भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् ।

कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेका हुन् । उहाँले भन्नुभयो, “घर यहाँ भए पनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा जाने गरेका छौँ ।” नियमित औषधि पनि भरतपुरमा नगई गीतानगर जाने गरेको उहाँले बताउनुभयो ।

समाजको डर देखाउँदै उहाँले थप्नुभयो, “छोराछोरीको विवाह गर्नुछ, कसैले थाहा पाए भने भन्ने सधैँ मलाई पिरलो हुन्छ ।” गाउँमा लाटो फुस्रो दाग देखिएकालाई कुष्ठरोग परीक्षण गर्न जान सुझाउने भए पनि आफू र परिवारलाई भएको समस्याका बारेमा स्वास्थ्यकर्मीबाहेक अरुलाई नभनेको उहाँले बताउनुभयो । नाम गोप्य राख्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “अहिले औषधि खाँदा पनि समस्या आइरहन्छ, सुनेको छु, अब विस्तारै सधैँका लागि निको हुन्छ रे ।”

नौ वर्षीया नातिनीलाई समस्या देखिएपछि आफूलाई चिन्ता थपिएको उहाँको भनाइ छ । चिकित्सक स्वास्थ्यकर्मीले निको हुन्छ भनेकाले आफू ढुक्क रहेको उहाँको भनाइ छ । सङ्क्रमण देखिएकालाई बेलाबेलामा शरीरका ठाउँठाउँमा गाँठागुँठीसहितको घाउ आउने गरेको छ । औषधि खाएपछि निको हुने गरेको उहाँ बताउनुहुन्छ ।

रोगबाट क्षति व्यहोर्नु नपरोस् भनेर सधैँ आफू स्थानीयलाई जनचेतना जगाउने काममा सक्रियरुपमा लागेको उहाँ बताउनुहुन्छ । भरतपुर महानगरपालिका–१० का ५५ वर्षीय एक पुरुष पेसाले श्रमिक हुनुहुन्छ । उहाँको हातको तीन वटा औँला कुष्ठरोगले गर्दा झरेको छ । ज्याला मजदुरी गर्ने उहाँलाई काम गर्ने ठाउँमा हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव छ । उहाँले भन्नुभयो, “जहाँ काम गर्न गयो, मानिस नजिक पर्न खोज्दैनन् ।”

श्रीमती र दुई छोरालाई ज्याला, मजदुरी गरेर पाल्दै आएको बताउने उहाँले परिवारका अन्य सदस्यलाई भने रोग नसरेको बताउनुभयो । समयमा उपचार नगराउँदा आफूले तीन वटा औँला गुमाउनु परेको बताउँदै उहाँले भन्नुभयो, “लाटो फुस्रो दाग देखिनेबित्तिकै परीक्षण गर्नुपर्ने रहेछ । मैले ढिलो गरेँ ।” तीन वटा औँला गुमाएको भए पनि नियमित काम भने गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि खान थालेपछि काम भने गरिरहेको छु ।” सबैलाई रोगका बारेमा नभनेको भन्दै उहाँले रोग थाहा पाउनेले हेर्ने दृष्टिकोण राम्रो नहुने गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुने र एकमात्रा बहुऔषधि सेवन गरेपछि ९९.९ प्रतिशत किटाणु निष्क्रिय भई अरुलाई नसर्ने उहाँले बताउनुभयो । 

कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । तिवारीले औषधि खाएकाबाट रोग नसर्ने भएकाले समाजले उहाँहरुप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शङ्का लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पनि विभिन्न शिविरमार्फत खोजी जारी राखेका छौँ, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।”

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाको परिवार एवं नजिक रहेर काम गरेकालाई औषधि खुवाउने काम भइरहेको बताउनुभयो । विसं २०५१ देखि हालसम्म एक हजार ७९१ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाको खोजी गरी औषधि खुवाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाइरहेको जानकारी दिनुभयो । जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए ।

यसैबीच कार्यालयले एक संक्षिप्त कार्यक्रम आयोजना गरी सङ्क्रमितलाई पौष्टिक खानेकुरा वितरण गरेको छ । सो अवसरमा पौष्टिक खानेकुराका साथै मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको थियो । सो अवसरमा छ जनालाई ती सामग्री वितरण गरियो । जिल्लाका सबै सङ्क्रमितलाई पालिकामार्फत पौष्टिक खानेकुरा पुर्याइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ