कृषि गतिबिधी | चितवन - CTW


‘बिचौलिया नियन्त्रणका लागि लाइसेन्स आवश्यक’:-ज्वालाकुमारी साह

Posted on February 04, 2023 | views : 778 | चितवन - CTW

माघ २१, चितवन | कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ ।  राष्ट्रिय व्

Read More

चितवनको राप्तीमा पुन: बर्डफ्लू

Posted on February 11, 2022 | views : 1231 | चितवन - CTW

माघ २८, चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ ।  राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहा

Read More

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

Posted on February 01, 2022 | views : 2603 | चितवन - CTW

माघ १८, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने  प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको  बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ

Read More

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

Posted on January 24, 2022 | views : 949 | चितवन - CTW

माघ १०, चितवन | कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ ।

Read More

चितवनमा स्ट्रबेरीको व्यावसायिक खेती, टिकटक बनाउन अब शुल्क तिर्नुपर्ने

Posted on November 09, 2021 | views : 2663 | चितवन - CTW

कुलप्रसाद काफ्ले | कात्तिक २३, चितवन | सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रबेरीको परीक्षण खेती गरे । शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान गरे । स्ट्रबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रबेरीको व

Read More

आजदेखि अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला सुरु

Posted on September 24, 2021 | views : 2245 | चितवन - CTW

असोज ८, काठमाडौँ । शुक्रबारदेखि अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला चितवनमा शुरु भएको छ। सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भरतपुरमा उद्घाटन गरेका छन् ।  कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बादलले बत

Read More

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदै पोल्ट्री व्यवसाय

Posted on July 26, 2021 | views : 2003 | चितवन - CTW

नारायण अधिकारी । साउन ११, चितवन (रासस)। कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेक

Read More

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

Posted on July 20, 2021 | views : 4772 | चितवन - CTW

नारायण अधिकारी । साउन ५, चितवन (रासस) । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्त

Read More

चितवनमा युवाको आकर्षण कृषि उद्योगमा

Posted on December 09, 2020 | views : 2391 | चितवन - CTW

मङ्सिर २४, भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रु एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्य

Read More

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

Posted on October 19, 2020 | views : 3195 | चितवन - CTW

कात्तिक ३, चितवन | भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो ।  भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यह

Read More

गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो, अन्य ठाउँमा फैलन सक्ने चेतावनी

Posted on August 01, 2020 | views : 3508 | चितवन - CTW

कृष्ण आचार्य | साउन १७, चितवन | चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75523 | चितवन - CTW

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76133 | चितवन - CTW

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72999 | चितवन - CTW

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु

Posted on October 21, 2019 | views : 7235 | चितवन - CTW

कात्तिक ४, भरतपुर | चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्

Read More

प्रदेश ३ का ११ स्थानमा फलफूल तथा तरकारी राख्न शीतभण्डार बनाउने प्रक्रिया अघि बढ्यो

Posted on October 14, 2019 | views : 17745 | चितवन - CTW

असोज २७, हेटौडा | प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको

Read More

माछापालनमा ‘बायोफ्लक’ प्रविधि: युवाहरूको चासो बढ्दै

Posted on August 18, 2019 | views : 4409 | चितवन - CTW

भदौ १, चितवन  | नेपालमा नै संभवत पहिलोपटक बायोफ्लक प्रविधि प्रयोग गरेर व्यवसायिक रुपमा माछापालन शुरु गरिएको छ । चितवनकाे भरतपुरमा याे प्रविधिबाट व्यवसायियक रूपमा माछा पाल्न शुरू गरिएकाे हाे । व्यवसायिक रुपमा माछापाल्न शुरु गर्नु अघि उक्त प्रविधिको परीक्षण गरिएको र आफूहरु सफल भएको सञ्चालक मध्ये

Read More

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

Posted on August 13, 2019 | views : 3366 | चितवन - CTW

साउन २८, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएका छन्  | मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी द

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88934 | चितवन - CTW

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

चितवनमा सुन्तलाको उत्पादन घट्यो

Posted on February 25, 2019 | views : 2606 | चितवन - CTW

फागुन १३, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो ।  कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको

Read More

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

Posted on January 19, 2019 | views : 2499 | चितवन - CTW

माघ ५, मुग्लिन | चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् ।  “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा

Read More

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

Posted on January 18, 2019 | views : 2705 | चितवन - CTW

सुरेन कुँवर | माघ ४, रत्ननगर | नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।  दश वर्षअघि नेपालबाट अष्ट्

Read More

चितवनमा एक महीनामा एक करोडको सुन्तला बिक्री

Posted on January 10, 2019 | views : 2426 | चितवन - CTW

सुरेन कुँवर |  पुस २६, रत्नगर | तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।  “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्

Read More

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै, माग बढी आपूर्ति कम

Posted on January 06, 2019 | views : 2729 | चितवन - CTW

विष्णु नेपाल | पुष २२, चितवन (रासस) | निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा ।  सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छ

Read More

कुखुरापालक किसान घाटामा

Posted on November 24, 2018 | views : 1867 | चितवन - CTW

नारायण अधिकारी | मङ्सिर ८, चितवन | कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् ।  अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्य

Read More

मूल्य घटाएको विरोधमा किसानले दूध पोखेर प्रदर्शन गरेपछि...

Posted on July 21, 2018 | views : 2197 | चितवन - CTW

साउन ५, चितवन | दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको

Read More

अब गाईलाई पनि सुत्केरी भत्ता, कति पाउछन् ?

Posted on July 20, 2018 | views : 2700 | चितवन - CTW

साउन ४, चितवन | रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।  नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।  “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपाल

Read More

दुग्ध उत्पादक कृषकलाई अनुदान

Posted on July 11, 2018 | views : 2095 | चितवन - CTW

असार २७, चितवन | भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।  महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्

Read More