घाँटीमा छुरी रोपिएको अवस्थामा मृत व्यक्ति भेटिए

Posted on: 20 Feb, 2024

फागुन ८, चितवन । खैरहनी नगरपालिका २ मा एक व्यक्ति बीभत्स रुपमा मृत भेटिएका छन् । स्थानीय २४ वर्षका कृष्णप्रसाद खनाल घाँटीमा छुरी रोपिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार उनको घाँटीमा छुरी रोपिएकै अवस्थामा छुरी सहित नै आज बिहान भेटिएका हुन् ।

घटनास्थलमा फ्लोरेन्सिक जाँचगर्ने चिकित्सकसहित प्रहरीको टोली रहेका छन् । घटनाको बाँकी विवरण भने अनुसन्धान पछि खुल्ने डिएसपी भण्डारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!