भरतपुर महानगरमा एमालेद्वारा शपथ बहिष्कार

Posted on: 06 Aug, 2017


साउन २२, चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् ।

आइतबार बसेको एमालेको जिल्ला समिति बैठकले मतपत्र च्यात्नेलाई साक्षी राखेर शपथ नगर्ने निर्णय गरेपछि उसका जनप्रतिनिधिले शपथ बहिष्कार गरेका हुन्। एमाले जनप्रतिनिधिले सोमबार बिहान १० बजे छुट्‍टै शपथ लिनका निम्ति समय मागेका छन् ।

गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयरमा पार्वती शाहसँगै महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई शपथ गराइने भनएपनि एमाले बहिस्कार गरेपछि कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्रै शपथ लिएका छन् ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ गराइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!