प्रचण्डलाई चुनौती, चुनाव लड्न तयार छु : बादल

Posted on: 24 Sep, 2021

असोज ८,काठमाडौँ  । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्। शुक्रवार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् । 

नेता थापाले आगामी चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्ने भन्दै चितवनका कार्यकर्ताहरूमा आफूतिर लागेको समेत दाबी गरेका छन् ।

‘माओवादीभित्रको अन्तर विरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुँडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ’ थापाले भने । साथै अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आ’रोप उनले लगाए । अर्को एक प्रसङ्गमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!