चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on: 23 Mar, 2018

चैत ९, चितवन | चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो । 

ठक्कर दिने ट्रकका चालक नियन्त्रणमा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!