रवि लामिछानेको मुद्दा आजै अदालत लैजाने सरकारी वकिलको तयारी

Posted on: 25 Aug, 2019

भदौ ८, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छ।

उक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। प्रहरीले ल्याएको लामिछानेसहित ३ जनाको अनुसन्धान प्रतिवेदनमाथि अहिले आफूहरूले अध्ययन गरिरहेको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताए ।

प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको वकिलले जानकारी दिएका छन | सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदनमा पर्याप्त प्रमाण नभेटिए मुद्दा नचलाउने निर्णय गर्न समेत सक्ने छ।

मुद्दा दर्ता भएपछि अदालतले उनीहरूको थुनछेक बयान लिनेछ। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!