नेपाली कांग्रेसद्वारा नेविसंघ अध्यक्ष सहित ४० जनासँग स्पष्टीकरण माग (को-को परे ?)

Posted on: 21 Dec, 2017

पुस ६, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीलाई घात गरेको आरोपमा नेपाली कांग्रेस डडेल्धुराले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित डडेलधुराका ४० जना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण मागेको छ ।

डडेल्धुरा कांग्रेसको अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको आधारमा ति नेता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण मागेको हो ।

जिल्ला सदरमुकाममा बिहीबार बसेको अनुशासन समितिको बैठकले महरसँगै प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार गोविन्दराज बोहरा, जिल्ला कार्यसमितिका कोषाध्यक्ष हरिप्रसाद पनेरु, जिल्ला कार्यसमिति सदस्य तथा स्थानीय निर्वाचनमा अमरगढी नगरपालिकामा पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार डिल्लीराज जोशी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य सुरेशराज जोशी, स्वास्थ्यकर्मी संघका पुष्कर पनेरु छन् ।

त्यस्तै क्रियाशील सदस्यहरु सरस्वती खड्का, माया शाही देउवालगायत ४० जना नेता कार्यकर्ताहरुलाई ७ दिन भित्र जवाफ दिने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको अनुशासन समितिका संयोजक अर्जुनबहादुर मल्लले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!