३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

११ श्रावण २०७७, आईतवार १४:४६

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो । 

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वय एकाइका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले चारवटै शहरमा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिनुभयो । “फोहरमैला प्रशोधन निर्माणको काम भने जग्गा नपाउँदा केही ढिलाइ हुने भएको छ”, उहाँले भन्नुभयो, “सडक, ढल र केही ठाउँमा र्सौर्य बत्तीलगायतको काम भने तत्काल शुरु हुँदैछ ।” आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका पाँच गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान हुनेछन् ।

“शुक्लाफाँटाको गेटसम्म नमूना मार्ग बनाउन सौर्य बत्ती र पैदल मार्गलगायत संरचना बन्नेछन्”, उहाँले भन्नुभयो, “त्यसका लागि रु ८७ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।” महेन्द्रनगरमा निर्माण हुने साढे १४ किलोमिटर सडकका लागि जेडआइइसी–लामा जेभीसित ठेक्का सम्झौता भइसकेको छ ।

निर्माणका लागि दुई वर्षको समयावधि तोकिएको छ । आयोजनाअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, नगरपालिकासम्मको सडक, नाली निर्माणका लागि रु २४ करोड रमक–केएस जेभीसित सम्झौता भएको छ । त्यसमा झण्डै पाँच किलोमिटर सडक र आठ किलोमिटर नाली तथा फुटपाथ निर्माण हुनेछ । उक्त निर्माण कम्पनीलाई २० महिनाको समय तोकिएको छ ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिकामा आयोजनाअन्तर्गत अन्यत्र झैँ सडक निर्माण, ढल र फुटपाथ निर्माण हुँदैछ । साढे १६ किलोमिटर सडक निर्माण र अन्य संरचनाका लागि नगरपालिकामा रु ४८ करोडको ठेक्का सम्झौता भएको छ । उक्त काम दुई वर्षभित्र पूरा गर्ने गरी कालिका कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाले जनाएको छ ।

त्यसैगरी साढे १० किलोमिटर सडक तथा नाली निर्माणका लागि धनगढी उपमहानगरपालिकामा रु ७७ करोडको ठेक्का भइसकेको उपव्यवस्थापक बुढाथोकीले बताउनुभयो । “यहाँ सबै आयोजनाले शहरी विकास नाम दिएर सडक स्तरोन्नति र ढलको समस्या समाधान तथा सुन्दर शहर निर्माणलाई प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो, “अब चाँडै कामले तीव्रता पाउनेछ ।”

त्यसैगरी धनगढी र भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुङ्गा लगाइसकेका छन् भने गोदावरी र शुक्लाफाँटामा जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । “जग्गा नपाउँदा पनि केही समय ढिलाइ हुन पुग्यो”, बुढाथोकीले भन्नुभयो, “शुक्लाफाँटा र गोदावरीले सामुदायिक वनको जग्गामा प्रशोधन केन्द्र बनाउने भनेर अगाडि बढेका छन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट