डडेल्धुरामा देउवा र ढकालबीच बढ्यो मतान्तर, देउवा कति अगाडि? (ताजा अपडेट)

Posted on: 22 Nov, 2022

मङ्सिर ६, डडेल्धुरा | डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ ।

नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!