डडेल्धुरामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

Posted on: 22 Jul, 2023

साउन ६, डडेल्धुरा | डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदूरको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिए ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–७ बस्ने वर्ष ५० की रामदुलारी थारु रहेको प्रहरीले बताए | 

च्याउ खाएर बिरामी परेकी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!