३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

७ माघ २०७५, सोमबार ०५:५९

माघ ७, डडेल्धुरा | डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । 

डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० जना यो विद्यालयमा भर्ना भएको शिक्षक बताउँछन् । 

विद्यालयले बोडिङ स्कूलझैँ अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेसँगै विद्यार्थी निजी विद्यालय छोड्दै सामुदायिक विद्यालयमा आउन थालेका छन् । विद्यार्थी अभावमा स्कूल बन्द भइरहेको बेला यो स्कूलमा भने विद्यार्थी थेगी नसक्नुभएको भुवनेश्वरी माविका प्रधानाध्यापक डम्बरबहादुर थ्वालले बताउनुभयो । 

सुदूरपश्चिमका पहाडी जिल्लामा दर्जनौँ विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्ने थालेका छन् तर डडेल्धुराको दुगर्म बस्तीमा महाकाली किनारमा रहेको एक विद्यालयमा भने विद्यार्थी थेगी नसक्नु अवस्थामा छ । निजी विद्यालय छोडेर विद्यार्थी यो विद्यालयमा भर्ना भएका छन् । 

विद्यालयमा नियमित खेलकूद र अतिरिक्त क्रियाकलापसँगै हरेक साता विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा अभिभावक छलफलमा समेत जुट्ने गरेको स्थानीय अभिभावक खेमराज भट्टराईले जानकारी गराउनुभयो । विद्यालयले दैनिक ५६२ विद्यार्थीको नियमित अनुगमन गर्ने गर्दछन् । र विद्यार्थीको पढाइ सरसफाइलगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रअ थ्वालले जनाउनुभयो । 

दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिकस्तर बढाउनका लागि भरपूर्ण मिहेनत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागू गरिरहेको जनाएका छन् । 

विसं २०३० मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ । विद्यालयमा आधुनिक पुस्तकालय र कम्प्युटर कक्षासमेत नियमित सञ्चालन हुने गरेका छन् । शैक्षिकस्तर सुधार, आधुनिक शिक्षा प्रणाली लागू गर्ने गुरुयोजना बनाएको प्रअ थ्वालले जनाउनुभयो । 

सरकारी र गैरसरकारी संस्थाको प्रयासमा डडेल्धुराका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेको यस वर्ष पनि शिक्षा क्षेत्रमा यो जिल्ला अगाडि रहने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख नाराणदत्त भट्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट