सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on: 08 Jan, 2018

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ ।

जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्सा बनाई डोटीलाई राजधानीको रुपमा मैनबत्ति बालेर दर्साएका हुन् । 

आन्दोलनकारीहरुले स्थानीय पञ्चेश्वर मन्दिरबाट मैनबत्ती जुलुस निकाल्दै क्षेत्रीय प्रशासन कार्यालय अगाडि सडकमै नक्सा बनाई राजधानी तोकेका हुन् । 

प्रदेश ७ को राजधानीको लागि आन्दोलन जारी रहँदा उनीहरुले सरकारलाई ध्यानाकर्षण गर्न दिउँसै मैनबत्ती जुलुस समेत निआलेका छन् । डोटीमा राजधानी बनाउँदा भौगोलिक रुपमा सबैलाई सहज हुने भन्दै आन्दोलन गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!