अमरगढी नगरपालीले थाल्यो चाडपर्ब लक्षित यस्तो अभियान

Posted on: 26 Sep, 2017

ललित बोहरा/असोज १०, डडेल्धुरा । डडेल्धुरामा जुवातास र मदिरा नियन्त्रणका लागि अमरगढी नगरपालीका नगरकार्यपालीकाले अभियान चलाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारि, सुरक्षा निकायका प्रमुख तथा उद्योगी व्यबसायीहरु संगको सहकार्यमा अमरगढी नगरपालिकाले सो अभियान संचालन गर्न लागेको हो । चाडपर्व नजिकिए संगै नगरपालिकाले सोमवार एक सुचना जारी गर्दै दशैँ तथा तिहारको समयमा मदिरा बिक्री बितरणमा रोक लगाएको छ । यस्तै जुवा तास खेल्न खेलाउन समेत रोक लगाएको छ ।

चाड पर्वको समयमा हुन सक्ने झै–झैगडा, अनैतिक क्रियाकलाप कम गर्न र सबैमा आपसि सद्धभाव कायम गर्न, नगर क्षेत्रमा शान्ती सुरक्षा कायम गर्नका निमित्त मदिरा बेच्न रोक लगाईएको नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले बताएका छन् ।

अनुमति प्राप्त मदिरा व्यवसायिहरुले खुला मदिरा दिउँसो २ बजे देखि राति ९ बजे सम्म र थोक बिक्रेताको लागि बिहान ९ बजे देखि राति ९ बजे सम्म बिक्री बितरण गर्ने निर्णय भएको नगर प्रमुख ओझाले बताएका छन् ।

यस्तै सुचनाको बेवास्था गरि उक्तm कार्य गरे वा गरेको पाईएमा नियमानुसार कारवाहि गरिने समेत अमरगढी नगरपालीकाले जनाइएको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!