डडेल्धुरामा मलामी बोकेको ट्रयाक्टर र्दुघटना, २३ जना घाइते

Posted on: 08 Oct, 2017

ललित बोहरा/असोज २२, डडेल्धुरा । डडेल्धुरामा मलामी बोकेर फर्किदै गरेको ट्रयाक्टर र्दुघटना हुदाँ २३ जना घाइते भएका छन् । 

अमरगढी नगरपालिका ६ छचोडा गाउँबाट मलामी लगेर सेती नदीमा दाहासंस्कार गरी फर्किने क्रममा आज दिउँसो २ बजे गन्यापधुरा गाउँपालिका ५ कोरालखोलमा पल्टिएको हो ।

शवको सेती नदीमा दाहासंस्कार गरि घर फर्किने क्रममा ट्रयाक्टरको ट्राली र अगाडिको भाग जोड्ने ठाउँमा भाँच्चिदा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । उक्त ट्रयाक्टरमा २६ जान सवार रहेको र चालक फरार रहेको नायव उपरीक्षक जोशीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!