मानब अधिकार निगरानी समुह समैजीद्धारा शुभकामना अदाप्रदान

Posted on: 11 Oct, 2017

ललित बोहरा/असोज २५, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा १ मानब अधिकार निगरानी समुह समैजीले शुभकामना अदाप्रदान तथा मानब अधिकारको अबस्था बिषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । 

आज अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजना तथा मानब अधिकार निगरानी समुह समैजीको सहकार्यमा आउदै गरेको महान पर्व तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो ।


कार्यक्रममा तिहारको समयमा हुने जाड रक्सी र जुवा तासबाट हुने अपराधीक घटनाका बिषयमा सबैले सचेत हुनु पर्नेमा केन्द्रीत रहेको थियो । साथ मानब अधिकारसंग सम्बन्धीत अन्य क्रियाकपालहरुको बारेमा समेत बिशेष छलफल ईन्सेक जिल्ला संयोजक कैलाश पनेरुले जानकारी दिए ।

मदिरा निषेधीत वडा भएपनी मदिरा स्थानीयको असहयोगका कारण मदिरा निषेधीत नभएको वडाध्यक्ष दत्ती सिंह भण्डारीले बताएका छन् । कार्यक्रममा सहभागीहरुले जुवा तास नियन्त्रण गर्ने अस्थायी प्रहरी पोष्ट भएपनी स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!