दुबईबाट साथिहरुको पैसा खाएर स्वदेश फिरे निशान पुन

Posted on: 23 Oct, 2016

हेम चन्द्र राई/कात्तिक ७, दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबई इमिरेट्समा डिपिएस (डिपार्टमेन्ट अफ प्रोटेक्टिभ सिस्टम) सेकुरिटीमा बिगत तीन बर्ष अघि अर्कान सेकुरिटी म्यानेजमेन्ट सोलुसन कम्पनीमा आएका निशान पुनले आफ्नो साथिहरुको पैसा खाएर स्वदेश फर्किएका छन । 

डुडिलमाटी ७ बाग्लुङ निवासी निशान पुनले एउटै कम्पनीमा काम गर्ने साथिहरुको पैसा समस्या परेको भन्दै सापटी मागेका थिए । तर उनले घर  फर्किनेबेलामा पैसा नदिएर  २० तारिख ४ बजे बिहानै उनी नेपाल फर्केको पीडित सेकुरिटी सुपरभाइजर गुणराज फुयालले बताएका छन ।

निशान पुन संगै हुँदा निकै मिलनसार, सहयोगी, असल साथीको व्यवहार गरेर साथीहरूको मन जित्न सफल उनले गुणराज फुयाल दुई हजार (२,०००), बाबुराम सापकोटा सात सय (७००), रवि भण्डारी उन्नाइस सय (१,९००) दिराम, दिनेश सुब्बा कुमाल पाच सय (५००) जम्मा पाच हजार एक सय (५,१००) दिराम पैसा खाएर स्वदेश फर्केको पीडित गुणराज फुयालले जानकारी दिएका छन । 

परदेशमा साथीलाई दु:खद पर्दा मानवीय र नेपालीको नाताले सहयोग गरेको तर उल्टै फसाएको उनीहरको गुनासो छ । साथीहरूको पाँच हजार एक सय (५,१००) दिराम, नेपाली एक लाख अड्चालिस हजार  ( १,४८,०००) रुपैयाँ नतिरी फिनिसमा तीन बर्षको सम्झौता सकेर गएको पीडितले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!