भारतमा यी गुरुको कारण भड्कियो हिंशा, अहिलेसम्म २८ जना मारिए

Posted on: 26 Aug, 2017

भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ पुगेको छ ।

हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी  ठहर गर्दै शुक्रबार जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ । त्यतिन्जेलसम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालयस्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । उनलाई राखिने जेलबारे शनिबार सम्म निर्णय गरिने बताइएको छ ।

अदालतको फैसलाप्रति उनका ‘डेरा सच्चा सौदा’ अभियानका लाखौँ समर्थकले विरोध गरेका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न कफ्र्यू आदेश जारी गरेपछि सैनिकले मार्चपास गर्नु परेको छ ।

(बीबीसी)ले अहिलेसम्म हरियाणाको २२४ स्थान र पन्जाबको ६४ स्थानमा प्रहरी र डेरा समर्थकबीच झडप भएको र ती स्थानमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

समर्थकहरुले सुरक्षाकर्मीको गाडी, रेल्वे स्टेसन तथा समाचार संकलन गर्न गएका सन्चारकर्मीको भ्यानमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस र हवाई फायर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!