दर्पणले दिए एनआरएनए स्विसको उपाध्यक्षमा उम्मेद्वारी

Posted on: 27 Aug, 2017

स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा रहदै आएका विजय शर्मा दर्पण सामाजिक सेवामा सक्रिय रही नेपाल र नेपालीको सेवा गर्दै आईरहेका छन। एक कुशल पत्रकारको रुपमा मेरोजिल्ला डटकम अनलाईनका प्रमुख सम्पादक रहेका दर्पणले एनआरएनए स्विसको आगामी कार्यकाल २०१७/२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन।

स्विसमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको एनआरएनए स्विसलाई अझ बढी सशक्त बनाउनका लागि आफू उम्मेदवार बन्न लागेको दर्पणले जानकारी दिएका छन। आफुले विगतमा संचय गरेको अनुभव र स्विस निवासी नेपाली अग्रज तथा दाजुभाई एबम दिदीबहिनी हरुले दिएको माँया स्नेह: सद्भावले पाएको बिश्वास भरोशाले सबैको साथ सहयोग र समर्थनले २०१५/२०१७ को कार्यकालमा कार्यकारी सदस्य भई एनआरएनए स्विसमा काम गर्ने शुभ अवसर पाएको उल्लेख गर्दै दर्पणले आगामी दिनहरुमा ससक्त भई उर्जाशील जोस,जागर र नयाँ कार्ययोजनाहरुको साथमा निरन्तररुपमा संस्थाको लागि लागिपर्ने बताएका छन।

स्विसमा छरिएर रहेका हामी नेपालीहरु अनौपचारिक रुपमा नेपाल र नेपाली जनताका अघोषित राजदुत भएको बतादै बिजय शर्मा दर्पनले नेपाली कला,संस्कृति, भाषा र नेपाली पहिचान सदासर्वदा संरक्षण सम्वर्धन गर्ने बताउने दर्पणले स्विस कला संस्कृति र भाषा सित समानान्तर रुपमा विकास गर्दै नेपाली पहिचानको प्रदर्शनले मार्गदर्शन गर्ने बताउछन। त्यसैले स्विसमा जन्मेका हुर्केका हाम्रा सन्ततिहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ भन्दै दर्पणले यसकारण एनआरएन स्वीटजरल्याण्डले विभिन्न क्यान्टोन हरुमा नेपाली भाषा कला संस्कृति सिकाउने केन्द्र खोलेर नेपाली भाषा र संस्कृति सम्बन्धी शिक्षा दिन जरुरी भएको स्पष्ट पारेका छन।


उहाँको अपिल जस्ताको तस्तै

आदरणीय स्विसबासि नेपाली दाजु भाई तथा दीदि बहिनि हरु,

स्वीटजरल्याण्डमा नेपाली आप्रबासीको रुपमा प्रवेश गरि, मैले बिगत ६ बर्ष देखि सामाजिक सेवामा समंल्गन रही नेपाल र नेपालीको सेवा गरेको कुरा यहाँ हरु सबैमा जगजाहेर नै छ ।

स्वीटजरल्याण्डमा नेपाली पहिचान र संस्कृति विकासको लागि मैले गरेको योगदानको कदर गर्दै तपाईहरु सबैले गैरआवासीय नेपाली संघ स्वीटजरल्याण्डको नेतृत्व तहमा जान बिभिन्न सामाजीक संजाल मार्फत तथा फोन र इमेल मार्फत जोस,जागर र हौसलापूर्ण उच्च मनोबलको उर्जा प्रदान गर्नु भएकोमा यहाँहरुलाइ धेरै धरै धन्यवाद दिन चाहन्छु । साथै यहाँहरु सबैको अनुरोधलाई स्वीकार गर्दै गैर आवासीय नेपाली संघ स्वीटजरल्यान्डको आसन्न अधिवेसनमा मैले उपाध्यक्षको पदमा उम्मेदवारी दिन लागेको कुरा यहाँ हरु सबै लाइ अबगत गराउन चाहन्छु । स्वीसमा हामी नेपाली आप्रबासी हरु अघोषित नेपाली ब्रान्ड (एम्बेसेडोर) राजदूत हौ। हाम्रो हाउ भाउ ,हाम्रो कला, हाम्रो संस्कृतिले हाम्रो नेपाली पहिचान प्रदर्शन गर्दछ। तसर्थ स्विसमा जन्मेका र हुर्केका हाम्रा सन्तति हरु लाइ नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ । यसकारण एनआरएन स्विसले विभिन्न क्यान्टोनहरुमा नेपाली भाषा सिकाउने केन्द्र खोलि नेपाली भाषा तथा संस्कृति सम्बन्धि शिक्षा दिनु जरुरी छ ।

आदरणीय दाजु भाई तथा दिदीबहिनीहरु, तपाईहरु सबै मान्यजनहरु मेरो प्रेरणाका स्रोत हुनु हुन्छ । अब यहाँहरु सबै संग छलफल गरी आगामी दिन हरुमा म मेरो भाबी नीति तथा कार्यकमहरु प्रकाशमा ल्याउने छु । आशा छ यहाँ हरु सबै ले यस एनआरएनएको अभियानलाई अझ प्रभाबकारी बनाउन मलाई सहयोग गर्नु हुने छ । यहाँहरुको सहयोगबाट नै म मेरो गन्तब्यमा पुग्न सफल हुनेछु । मेरो गन्तब्य भनेकै एनआरएनए स्वीटजरल्याण्डलाई सबैको पहुज सम्म पुराउने र संघको संस्थागत बिकास गर्ने, हरेक नेपालीहरुको हितको हक आधिकारको लागी स्वदेश तथा स्विसमा आवाज उठाउने र नेपालीको लागी नेपाली तथा एक पटकको नेपाली सधैको नेपाली भन्ने कथानलाई आत्म साथ गर्दै स्विसमा रहने सम्पूर्ण नेपाली समुदायको एकता अखण्डतालाई अझ धेरै बलियो बनाउने हो स्विस सरकार र नेपाल सरकारमा कानुनी मान्यता प्राप्त गरेको एनआरएनए स्विस तपाई हामी सबै को आशा र भरोसाको केन्द्र पनि हो। त्येसैले स्विसमा स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुसित कार्यगत एकता सहमति सहकार्यका साथमा हाते मालो गर्दै एनआरएनए स्विसलाई सबैका भावना र बिचारलाई उच्च सम्मान गर्दै सम्पूर्ण नेपालीहरुको अपनोत्व महशुस हुने गरी छाता र साँझा संगठनको निर्माण गर्ने पुरा भरोसा र बिश्वास दिलाउन चाहन्छु। धन्यवाद !

भवदिय

बिजय शर्मा दर्पण

उपाध्यक्ष (उम्मेदवार)

एनआरएन एनसीसी स्वीटजरल्याण्ड

यस बिषयमा तपाइको प्रतिक्रिया...!