साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग

Posted on: 08 May, 2018

मनोज पराजुली | बैशाख २५, गोरखा । गोरखाको बोर्लांगकी अम्बिका रानामगरले साउदी जेलमा रहेका आफ्नो श्रीमानको रिहाइका लागि आवश्यक रकम जोहो गरिदिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी  छिन् । मंगलबार सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयमै पुगेर आफ्नो पति कुमार रानामगरको रिहाइको लागि सहयोग गरिदिन सरकारलाई आग्रह गरेकी हुन्  । 

मन्त्रि विष्टले उनको आग्रहलाई ग्रहण गर्दै  साउदी जेलमा रहेका कुमार रानामगरको रिहाईका लागि सरकारले सक्दो पहल गर्ने आस्वाशन दिएका छन् । उनले सरकारले कुटनीतिक पहल मार्फत रकम घटाउन समेत पहल गर्ने साथै सहयोग रकम जम्मा गर्न सक्ने अवस्था भएमा समेत रकम संकलन गर्न सुझाव दिएका छन् । 

१०१७ देखि प्रहरी हिरासतमा र जनवरी १०१८ देखि अफिफ सेन्ट्रल जेलमा रहेका  कुमार रानामगरलाई जेलबाट छुटाउन कतारी रियाल २ लाख ९४ हजार नेपाली ८३ लाख रुपैया ब्लडमनी आवश्यक पर्ने भएपछि उनको परिवारले  रकम जुटाउन सहयोग गरिदिन बिभिन्न निकायलाई आग्रह गर्दै आएको छ  । विगत ६ बर्ष देखि बैदेशिक रोजगारीको लागि साउदी अरब रहेका ३९ वर्षीय कुमार रानामगरको जेलमा रहेका कारण परिवारमा समस्या थपिएको उनकी पत्नी अम्बिका रानामगरले बताइन् । २ छोरी र एक छोरा रहेका उनको पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारण उक्त रकम जुटाउन नसक्ने भएकोले सहयोगको अपिल गर्दै बिभिन्न निकाय धाउँदा समेत आवश्यक रकम जुटाउन नसकिएको अम्बिका रानामगरले गुनासो गरिन् । 

साउदी स्थित नेपाली दुतावासले गत फागुन २० गते  कुमार रानामगरको लागि क्षतिपुर्ति रकम सम्बन्धमा परराष्ट्र मन्त्रालय,श्रम तथा रोजगार मन्त्रालय,कनुलर विभाग, त्रिपुरेश्वर ,बैदेशिक रोजगार विभागलाई समेत जानकारी दिई सकेको छ सो पत्रमा यस्तो लेखिएको छ ।

गोरखा जिल्लाको कुमार राना मगर रहादानी नं 08459098 अकमा नं 2302948407 साउदी अरबको खालिद एस अल कम्पनीमा हेल्पर पदमा काम गर्ने व्यक्तिगत श्रम स्वीकृतिमा २०७१ सालमा आउनुभएको रहेछ | निजले बिना सवारी चालक अनुमति पत्र र सवारीको तेस्रो पक्ष बिमा तथा कागजात नभएको अवस्थामा सवारी चलाउदा २४ अप्रिल २०१६ अफिफमा दुर्घटना भएको | दुर्घटनामा घाइते भएका साउदी नागरिक वालिद अल ओलाइबात क्षतिपूर्ति (दिया  रकम /ब्लडमनी )का लागि अदालतमा २०१६ डीसेम्बेर १९ मा मुद्दा दाएर गरिएको रहेछ |अफिफ जनरल कोर्टबाट प्राइभेट राइट अन्तर्गत निज कुमारले २९४०००साउदी रियाल घाइते व्यक्तिलाई  क्षतिपूर्ति( दिया रकम ब्लडमनी ) तिर्नु पर्ने गरौ २०१७ अप्रिल १७ मा  निर्णय भएको रहेछ | 

उक्त निर्णय मुताविकको रकम तिर्नुपर्ने अवधि सकिदा  पनि तिर्न नसकेपछि निज कुमार सेप्टेम्बर  १०१७ देखि प्रहरी हिरासतमा र जनवरी १०१८ देखि अफिफ सेन्ट्रल जेलमा रहनु भएको छ | 

कम्पनीको सहयोगमा कुमार राना मगरले १०,१०१७ मा मुद्दाको निर्णय उपर अपिल गरेको भएपनि सुनुवाई गर्नुपर्ने  निर्णय भएको रहेछ |

निजको इस्पोंसर मुलेमान खालिद अलहाजिरी (०५६००६६२६३) संग टेलिफोन संवाद हुँदा निजले यसमा कुनै रकम तिर्न नसक्ने जानकारी दिएको छ | विपक्षी खालिद अल ओलाबी (०५६  २८६६१२३)संग निजको घरमै गई दिया रकम (ब्लडमनी )मिनाहा गरि क्षमादान दिन तथा रकम कम गरिदिन पटक पटक अनुरोध गरियो |निजलाई कुमारले त्यति रकम तिर्न नसक्ने, नेपाल 

सरकारसंग तिर्न व्यवस्था नभएको ,स्पोन्सरले पनि तिर्न इन्कार गरेकोले क्षमादान दिन वा रकम घटाइदिन यी दुवै नभएमा निजले तिर्न नसकी  न त घाइतेले नै रकम पाउन सक्ने न त कुमार नै जेलबाट निस्कन सक्ने अवस्था रहने हुनाले गम्भीरता पुर्वक सोचिदिन आग्रह गरियो | तर निजले आफ्नो ऋण भएको ,आफु घाइते र असक्त भएकोले जीबन निर्वाहका लागि रकम चाहिने दाबी  

गरेर नघट्ने ,क्षमादान नदिने र पुरा रकम पाएमा कुमारलाई केहि रकम फिर्ता दिन सक्ने जानकारी दिएको छ | यसर्थ,कुमार रानाले विपक्षीलाई दिया रकम (ब्लडमनी)नबुजाइ निजको रिहाई नहुने हुनाले रकम व्यवस्था गरि तिर्ने  व्यवस्था मिलाउन सम्बन्धितलाई जानकारी दिनुपर्ने  देखिन्छ | यसर्थ यसका लागि आवश्यक सहयोग समन्वय एवंम निर्देशनका लागि हार्दिक अनुरोध गर्दछु | निजको विषयमा अफिफ जनरल कोटले गरेको फैसलाको प्रति तथा निजको लागि दुतावासबाट भएको प्रयास सम्बन्धित प्रतिवेदन संग्लन  छ |

साउदी अरेबियाको जेलबाट  ८३ लाख नेपाली रुपैया ब्लडमनी तिर्न नसके आजीवन विदेसमै बन्दी बनिरहने जोखिममा रहेका गोरखा बोर्लांग घर भएका कुमार राना मगरको ' जीवन रक्षाको लागि ब्लडमनी संकलन अभियान-२०१८' ले सबैसंग सहयोगको सार्वजनिक अपील गरेको छ। देशविदेशमा बस्ने सबै नेपाली दाज्यूभाइ दिदीबहिनीहरूले उदार मनले ब्लडमनी संकलन 

अभियानले सार्वजनिक गरेको बैंक खाता ( प्रभु बैंक, कलंकी शाखा, काठमाण्डौ, खाता नं- 03901001006569000001, SWIFT CODE- PRVUNPKA ) वा चित्र कुमार श्रेष्ठको मोबाइल नम्बर ९८४३४६२८५५ मा सम्पर्क गरि सहयोग पठाउन सकिनेछ । यो अभियान अन्तर्गत हालसम्म २ लाख २२  हजार संकलन भएको अम्बिका रानामगरले बताइन्  । यसै अभियानमा डा. बाबुराम भट्टराईले आफ्नो तर्फबाट रू एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरि सहयोग गर्न सार्वजनिक रुपमा अपिल समेत गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!