यूएईमा नवलपुर र परासी सेवा समाज

Posted on: 29 Jul, 2018

साउन १३, युएई । नवलपरासी सेवा समाज यूएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

संघीय संरचनाअनुसार नवलपरासी दुई जिल्लामा बाँडिएकोले सोहीअनुसार समाजलार्इ पनि दोस्रो अधिवेशनबाट नवलपुर र परासी सेवा समाज गरी दुर्इवटा गठन गरिएको छ ।

नवलपुर सेवा समाज यूएईको अध्यक्षमा भीम हमाल सर्वसम्मत चयन भएका छन्  । उपाध्यक्षमा सीता भट्टराई, मान महतो र सम्पत थापा रहेका छन् ।

यसैगरी महासचिवमा राज भण्डारी सचिवमा जितु ठकुरी चयन भएका छन् ।

प्रवक्तामा गोपालप्रसाद पराजुली , कोषाध्यक्षमा बिष्णुप्रसाद अधिकारी र सहकोषाध्यक्षमा सीता घिमिरे रहेका छन् ।

सदस्यहरुमा खेमप्रसाद अर्याल, डिलबहादुर पराजुली, श्रीमती बिमला मगर, सालिकराम कुवर, कृष्ण बंसी, दिलबहादुर बोहरा, रामप्रसाद ढकाल, पबित्र सुबेदी, कौशिला खरेल, कृष्ण बस्याल र सन्तोष श्रेष्ठ रहेका छन् ।

समाजको सल्लाहकार सदस्यहरुमा मणि भुर्तेल, संजय काफ्ले, भेषराज भट्टराई, सोनी भण्डारी, लेम मल्ल, बेदप्रसादअर्याल, कृष्ण गौतम, हरि प्रशाद पौडेल र कृष्ण बन्जारा रहेका छन् ।


यस्तै परासी सेवा समाज यूएईको अध्यक्षमा मित्रलाल पाण्डे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा सिर्जना खनाल, कोषप्रसाद न्यौपाने सिता बराल रहेका छन् भने महासचिवमा कृष्ण बास्तोला सचिवमा धुर्वराज पाण्डे, प्रवक्तामा दीपक पाण्डे कोशाध्यक्षमा नेत्र शर्मा सहकोशाध्यक्षमा भीम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा गोपालप्रसाद, बिरबल पुन मगर, सुनिल पाण्डे, गणपति पाण्डे, इश्वरी पाण्डे, अस्मिता क्षेत्री, दुर्गा पाण्डे, होमबहादुर सेन, चन्द्रबहादुर काउछा, मुना सापकोटा, निर्मल तिवारी, मिन गुरुङ, हरि तिवारी र माधव भण्डारी रहेका छन् ।

सल्लाहकार सदस्यहरुमा निशा कोइराला, हरि न्यौपाने,मोहन बस्याल, अनिल त्यागी मारुत रहेका छन् ।

अधिवेशनको पहिलो सत्रको कार्यक्रम नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको अध्यक्षतामा भएको थियो भने महासचिब राज भण्डारीले सहजिकरण गरेका थिए ।

नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यूएईमा क्रियाशील सामाजिक, ब्यावसायिक, जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाकी आजीवन सदस्य तथा नवगठित परासी सेवा समाजका उपाध्यक्ष श्रीमती सृजना खनालले स्वागत गरेकी थिइन भने सचिब जितु ठकुरीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

नवलपरासी सेवा समाज युएईले आफ्नो कार्यकाल ९२०१६-२०१८० मा गरेका सामाजिक, आर्थिक र सांगठनिक क्रियाकलापहरुबारे सबैलाई जानकारी गराइएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन कार्यक्रमको बीचबीचमा यूएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुति जोडिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!