युबा लेखक थपलियाको कबिता कक्षा ६ को अङ्रेजी पठ्यक्रममा समावेश

Posted on: 16 Aug, 2018

साउन ३१, काठमाण्डौ | अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रम पुस्तकमा राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम पुस्तकमा  राखिएको हो ।

नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको बारेमा लेखिएको थियो ।


थपलियाले उक्त कविता आफूले ७ बर्ष अगाडि लेखेको र बालबालिकाहरुलाई देशप्रेमबारे ओतप्रोत बनाउने प्रेरित गर्नेगरी कोर्सबुकमा नै राखिएकोमा आभार व्यक्त गरे । उक्त कविता मिस्टिक नेपाल शीर्षकमा लेखिएको छ ।

पाथ फाइन्डर नामको उक्त पाठ्यक्रम यसै बर्ष देखि पाठ्यक्रम पुस्तकमा राखिएको हो । पुस्तकको सम्पादन गोविन्दराज शर्मा र कृष्णप्रसाद मरासिनीले गरेका हुन् ।

अमेरिका निवासी युवा लेखक राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । हालै उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!