३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

Posted on: 28 Oct, 2020

कात्तिक १२, काठमाडौँ | कोरोना महामारीका क्रममा विभिन्न ३२ देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो । त्यसयता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपालीहरु स्वदेश फर्किईरहेका छन् । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरु ठूलो संख्यामा रहेका छन् । 

हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । 

त्यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएका छन् । 

त्यस्तै थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किँदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् । 

यसैगरी श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् । 

त्यस्तै चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र  दक्षिण सुडानबाट २५० नेपाली स्वदेश फर्किएका छन् । 

नेपाल फर्किनेहरुलाई एयरपोर्ट झर्नेबित्तिकै सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमार्फत सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरिएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!