अन्ततः तिर्यो पोखराको भाटभटिनीले कर

Posted on: 21 Nov, 2016

मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झन्डै ७४ लाख रुपैयाँ बुझाएको छ ।

सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले लाखौं भार बेहोर्नु परेको छ । पोखरा उपमहानगरपालिकाका कर अधिकृत शिवहरि शर्माले दिएको जानाकारी अनुसार भाटभटेनीले नियमानुसार प्रक्रिया नपु¥याएपछि जरिवानासहित बक्यौता रकम दाखिला गरको  हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर चक्र लालचनले नगरपालिकालाई जरिवाना, बक्यौतासहितको रकम बुझाएका थिए । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत मात्र ५८ लाख रुपैयाँ नगरपालिकामा दाखिला गरेको छ । 

यस्तै समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार रुपैयाँ र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रुपैयाँ बुझाएको हो । नगरपालिकाबाट नक्सापासको प्रक्रिया समेत पूरा नगरी भाटभटेनीले भवन निर्माण गरेको थियो ।

हामीले पटकपटक ताकेता गरेका थियौं । नियम नमानेकै कारण जरिवाना तिर्नुपरेको हो, शर्माले भने । प्रक्रिया नै नपु¥याई नगरपालिका नजिकै त्यत्रो भवन निर्माण हुँदा चुप लागेर बस्नु नगरपालिकाको लापरबाही भएको धेरैको भनाइ छ । भाटभटेनीले नक्सा प्रक्रिया नै पूरा नगरी निर्माण गरेबापत १४ लाख जरिवानासहित २८ लाख ७५ हजार ९ सय ५३ रुपैयाँ तिरेको छ । १४ लाख नै जरिवानासहित २८ लाख ५८ हजार ८ सय ५ रुपैयाँ घरजग्गा कर बुझाएको छ ।

भाटभटेनीले पहिले करिब १७/१८ लाख रुपैयाँ खर्चेर नक्सा पास गरेको थियो । अहिले १४ लाख रुपैयाँ तिरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ हुन् । प्रक्रिया पूरा गर्न पोखरा उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो । पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले ठूला करदाताको पहिचान गरी उनीहरुको करको दायित्व एकिन गरेर कर तिर्न पत्राचार गर्ने कार्यलाई नगरपालिकाले अगाडि बढाउने बताए । 

‘हामी करमै केन्द्रित छौ,’ उनले भने,‘ ठूला करदाताको करको दायित्व एकिन गरेर कर तिर्न आग्रह गर्दा पनि नतिरे अन्य संघ संस्थाको समन्वयमा कारबाही अगाडि बढाउँछौ ं ।’ उनले कर छल्न खोज्नेलाई अब नगरपालिकाले कारबाही गर्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!