नेपाल लाइफ इन्स्योरेन्सद्वारा गौरादहमा उपशाखा बिस्तार

Posted on: 25 Jul, 2017


साउन १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  झापा जिल्लाको गौरादहमा उप शाखा  स्थापना गरेको छ ।  

गौरादह उपशाखा कार्यालयको उद्घाटन बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका हुन्  । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उद्धेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिँदै आएको बताए  । 

उनले  चालू आर्थिक वर्ष भित्र नेपालको ७५ वटै जिल्लामा आफ्नो सशक्त उपस्थितिका लागि प्रयत्नशील रहेको बताए ।

उनले कम्पनीका आम अभिकर्ता एवं कमचारीले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल वृद्धि तथा दिगो व्यवसाय हासिल गर्नेतर्फ कार्य गर्दै आएको फलस्वरुप कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । 

कम्पनीले गत आव २०७३/७४ मा कुल बीमा शुल्क आम्दानी करिब १२ अर्ब, जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब रुपैयाँभन्दा बढी हासिल गरी समग्र जीवन बीमा क्षेत्रमा अग्रस्थान हासिल गर्न सफल जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!