राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

Posted on: 22 Aug, 2017

भदौ ६, कञ्चनपुर | राष्ट्रिय वाणिज्य बैँक पुर्नवास शाखाका सहायक प्रबन्धक तोयराज बडु सरकारी खाताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नीरिक्षक उमाकान्त जोशीले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा वाणिज्य बैँकको पुर्नवास शाखाले सहायक प्रबन्धक बडुले रकम हिनामिना गरेको जाहेरी दर्ता गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका बडुलाई बैँकको ३ करोड ७२ लाख रकम हिनामिना गरेको आरोप लागेको बताउदै प्रहरी नीरिक्षक जोशीले आरोपित बडुका नाममा बैङकिङ कसुर ऐन अन्र्तगत आर्थिक ठगी मुद्धा दर्ता गरी एक हप्ता म्याद थप गरेर अनुसन्धान भइरहेको बताउनुभयो । 

सरकारी खाताको रकम हिनामीना गरेको भन्दै वाणिज्य बैँकको शाखा कार्यालय पुर्नवासले आईतबार ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जाहेरी आएपछि पक्राउ परेका बडुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!