आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट !

Posted on: 01 Sep, 2017

हरिश चन्द्र बाग | भदौ १६, कञ्चनपुर | प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनु भयो । 

भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदिमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री देउवाले आज विहान नेपाल प्रेश युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब सात नम्बर प्रदेशको विकाशको ढोका खुलेको उद्घोष गर्नुभयो ।

नेपाली कांग्रेशका केन्द्रीय सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारत संग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, पञ्चेश्वर परियोजनाको गतीलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिमकै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसंग गहन छलफल भएको बताउनु भयो ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संबिधानको सफल कार्यान्वयनका लागि आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयसीमा भित्रै गर्न आफ्नो नेतृत्वको सरकार लागि परेकोले सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!