कतार, युएई, साउदीको पैसाको भाउ घट्यो, मलेसियाको बढ्यो ( २० देशको पैसाको दररेट)

Posted on: 20 Nov, 2017

मङ्सिर ४, काठमाडौं । हामीले हरेक साता बिदेशी विनिमय दरको अपडेट जानकारी गराउंदै आएका छौं । यसै क्रममा अघिल्लो सोमबारको तुलनामा बिभिन्न देशको पैसाको भाउ बढेको छ वा घटेको छ भन्ने बारे आज हामीले जानकारी अपडेट गरेका छौं ।  हामीले दिने विनिमय दरको अपडेट नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरमा आधारित छ । 

यो साताको आइतबार अर्थात हिँजोको तुलनामा विनिमय दरमा खासै घटबढ नभएपनि गत साताको तुलनामा भने डलर सहित खाडी र मलेसिया पैसाकोको भाउ बढेको छ । अघिल्लो सोमबार एक अमेरिकी डलरको खरिददर १०३ रुपयाँ ९६ पैसा रहेकोमा आज उक्त दर २४ पैसाले घटेर १०३ रुपयाँ ७२ पैसा पुगेको छ ।

त्यस्तै साउदीको रियाल अघिल्लो सोमबार एकको खरिददर २७ रुपयाँ ७२ पैसा रहेकोमा आज २७ रुपैयाँ ६६ पैसामा झरेको छ भने विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै अघिल्लो सोमबार कतारी रियाल एकको खरिददर २८ रुपयाँ ५५ पैसा रहेकोमा आज झन्डै ७ पैसा घटेर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी अघिल्लो सोमबार युएई दिर्हाम एकको खरिददर २८ रुपयाँ ३० पैसा रहेकोमा आज सो भाउ ६ पैसा घटेर २८ रुपैयाँ २४ पैसा पुगेको छ भने विक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै मलेसियन रिंगिट अघिल्लो साताको सोमबार २४ रुपयाँ ८० पैसा रहेकोमा आज १२ पैसाले बढेर एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ पैसा पुगेको छ । 

त्यसैगरि अघिल्लो सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपयाँ २३ पैसा थियो भने आज ६ पैसाले बढेर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरि कुवेती दिनार आज एकको खरिददर ३ सय ४३ रुपैयाँ २३ पैसा र विक्रिदर ३ सय ४५ रुपैयाँ २२ पैसा रहेको छ । 

त्यस्तै अघिल्लो साताको सोमबार २७५ रुपयाँ ५८ पैसा तोकिएको बहराइन दिनारको मूल्य आज घटेर एकको खरिददर २ सय ७४ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै जापानी एनको मूल्य पनि अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साताको सोमबार १० को खरिददर ९ रुपयाँ १६ पैसा रहेको जापानी एनको मूल्य आज ९ रुपयाँ २५ पैसा पुगेको छ । 

यसरी हेर्दा खांडी मुलुकहरुको पैसाको भाउ अघिल्लो साताको सोमबारको तुलनामा घटेको देखिन्छ भने मलेसिया र जापानको पैसा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आजको बिनीमय दररेट तल तालिकामा पनि हेर्न सक्नुहुनेछ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!