बैकिङ्ग सेवा लिन सदरमुकाममै किन ?

Posted on: 12 Dec, 2017

मंसिर २६, कालिकोट । नौ वटा स्थानीय तह रहेको कालीकोट का स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न सदरमुकाममा नै आउनु पर्ने बाध्यता रहेको छ । 

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाहरुले बैकिङ्ग कारोबार गर्न सदरमुकामा आउनु पर्ने बाध्यता रहेको छ । बैंकको कारण देखाउदै गाउँ गएको भनिएका सिंह दरबारहरु सदर–मुकाममै केन्द्रीत हुनु परेको बताइएको छ । 

जिल्ला सदरमुकाम मान्ममा ७ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्ला रास्कोट नरपालिका, तिलागुफा नगर–पालिका, कालिका गाउँपालिका, नरहरीनाथ गाउँपालिका, शान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँ–पालिकामा कुनै बैंकहरु छैनन् । गाउँपालिका र नगरपालिकाहरु बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको पलाता गाउँपा–लिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘गाउँपालिकामा कुनै बैंकहरु छैनन्’ उनले भने, ‘बैंकहरु नहुदाँ सदरमुकाम नै आएर सबै काम गर्नुपर्छ ।’

गाउँपालिका र नगरपालिकामा बैंक नहुँदा गाउँपालिका र नगरपालिका करोडौं बजेट झोलामा बोकेर लैजानु पर्ने भएका कारणले असुरक्षा पनि निकै हुने गरेको शान्नीत्रिवेणी गाउँपालिकाका लेखापाल मलिम रावतले बताए । ‘गाउँमा बैंकहरु नै छैनन्’ उनले भने, ‘गाउँपालिकाको विकासे बजेट लगाएतका 

बजेट सदरमुकाम आएर झोलामा बोकेर लैजानुपर्छ । असुरक्षा पनि त्यतिकै बढेको छ ।’

जिल्लामा केही बैंकहरुले गाउँपालिका र नगरपालिका जाने खोजेको भए पनि गाउँमा सुरक्षित भवन नहुँदा जानका लागि केही कठिनाई भएको ग्लोवल आइएमई बैंकका प्रबन्धक काशी भण्डारीले बताए । ‘गाउँपालिका र नगरपालिका जानका लागि ती ठाउँमा सुरक्षित भवन छैनन्’ उनले भने, ‘सुरक्षाको पनि त्यतिकै समस्या रहेको छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!