२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलद्वारा गाजाको रफामा आक्रमण

२५ बैशाख २०८१, मंगलवार ०२:४६

वैशाख २५, काठमाडौँ । इजरायल र हमासबीचको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ ।

रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ ।

सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो ।


तश्विरमा: रफामा आक्रमणपछि देखिएको धुवाँको मुस्लो । फोटो : रोयटर्स

त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् ।

इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् ।

हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।

हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् ।

इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो ।

वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ ।

गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले