२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

२०८१, २५ बैशाख मंगलवार ०३:३१

बैशाख २५, काठमाडौँ | हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । 

यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै  युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो । बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाको बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिका सहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलले रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन् । रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ । 

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी