चैत २, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।
बैंकको केन्द्रीय कार्यालय बागबाजरमा शुक्रबार बोर्ड बैठक बसिरहेका बेला ३० भन्दा बढी उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो । यद्यपि, उनीहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।
यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!