सिरहाको मिर्चैया नगरपालिकाको बजेट ४७ करोड

Posted on: 25 Jun, 2018

राम नारायण पंडित | असार ११, सिरहा | मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । 

आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राजस्ब बाडफाड (नेपाल सरकार) तर्फ रु. ८ करोड ८५ लाख ३१ हजार, सर्शत अनुदान (नेपाल सरकार) तर्फ रु. १४ करोड ४८ लाख, बित्तिय समानिकरण तर्फ रु. १३ करोड ५६ लाख, सर्शत अनुदान (प्रदेश सरकार) तर्फ रु. १ करोड, बित्तिय समानिकरण (प्रदेश सरकार) तर्फ रु. ३१ लाख ८० हजार, सामाजिक सुरक्षा तर्फ रु. ८ करोड १५ लाख ५७ हजार र सडक बोर्ड नेपाल तर्फ रु. ३५ लाख गरी ४७ करोड ७६ लाख ७८ हजारको अनुमानित रकम नगरपालिकाका मेयर श्रबण कुमार यादबले बिनियोजन गरेका हुन् । 


व्यायतर्फ चालु बित्तिय समानिकरण र राजस्ब बाडफाड खर्चमा रु. ९ करोड १८ लाख ५९ हजार, चालु सर्शत खर्चमा रु. १५ करोड ४८ लाख, समाजिक सुरक्षा भत्ता चालु तर्फ रु. ८ करोड १५ लाख ५७ हजार रहेको छ । त्यसैगरी, ब्याय तर्फ पुजिँगत (बित्तिय समानिकरण राजस्व बाडफाड) खर्चमा रु. १४ करोड ५९ लाख ५२ हजार, सडक बोर्ड नेपाल रु. ३५ लाख गरी चालु र पुजिँगत खर्चको कुल रकम ४७ करोड ७६ लाख ६८ हजार अनुमानित व्याय रहेका छन् । 

बजेटले नगरको बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!