आइएमई जनरल इन्स्योरेन्सले सि.पिसँग गर्यो नगदरहित सेवा सम्झौता

Posted on: 13 Aug, 2018

साउन २८, कैलाली | स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सि.पि.अस्पताल प्रा.लिबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र सि.पि.अस्पताल प्रा.लिका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!