कालिका लघुवित्तले लाभांश शेयर दिने

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!