गुडबिल फाइनान्सले नगद लाभांश दिने

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौँ | गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई आज गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

दुई कम्पनीको शेयरमूल्य समायोजन 

यस्तै स्टकमा आज कञ्चन डेभलपमेन्ट बैंकले पाँच प्रतिशत शेयर लाभांश वितरण गरेपछि आज प्रतिकित्ता रु १७१ मा शेयर मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु १९३ रहेको छ । 

यस्तै मिशन डेभलपमेन्ट बैंकको ११ प्रतिशत शेयर लाभांशसँगै प्रतिकित्ता रु १५६ मा मूल्य समायोजन गरेको छ । सो बैंकको औसत आधारमूल्य रु २२२ रहेको छ । यस्तै स्टकमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख २९ हजार कित्ता शेयर लाभांश सूचीकृत भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!