सुनको मूल्य घट्यो

Posted on: 01 May, 2019

बैशाख १८, काठमाडौं– बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

मंगलवार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधवार घटेर तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार चाँदी भने स्थिर रहेको छ । महासंघका अनुसार आज चांदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!