देशभित्रै रोजगारी उपलब्ध गराउन ५ अर्व १ करोड

Posted on: 29 May, 2019

जेठ १५, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.यूवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइएको जानकारी दिए । सरकारले चालु आव.मा वर्ष ३ अर्ब  १० करोड विनियोजन गरि प्रधानमन्त्री कार्यक्रम ल्याएको थियो । जस अन्तर्गत न्युनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्ने लक्ष्य राखेको थियो तर यस वर्ष न्युनतम ३० दिनको रोजगारी दिनेगरी २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रुपमा उपलब्ध गराइएको छ ।

योगदानमा आधरित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री खतिवडाले जानकारी दिए । ८३ हजार युवालाई सीपमुलक तालिमका लागि १ अर्ब ७२ करोड बजेट विनियोजना गरिएको छ ।

स्थानीय तथा प्रदेशस्तरमा संचालन हुने कार्यहरुमा स्थानीय रोजगार सेवा केन्द्रमा दर्ता भएका बेरोजगारलाई रोजगारीका अवसरमा प्राथमिकता दिनुपर्ने गरि कार्यक्रम ल्याइएको अर्थमन्त्रीले बताए । गर्वदेखि वृद्धसम्म लाई सामाजिक सुरक्षा योजनामा समाहित गर्ने अर्थमन्त्रीले बताए । 

बैदेशिक रोजगारीका लागि कामदारको लागत रोजगारदाताले नै व्यहोर्ने नीति अनुरुप श्रम सम्झौतालाई प्राथमिकतामा राखिएको उनले बताए । सरकारले आगामी वर्ष युवा वैज्ञानिक समेलन गर्ने घोषणा गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!